काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर र मोबाइल लगायतका सामग्री चोरी गर्नेहरु पक्राउ परेका छन् ।
प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीका मेन्सुहाङ राई, काठमाडौंका शमिर तामाङ, खोटाङका प्रज्वल राई, दोलखाका जनम तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट चोरी भएका मोटरसाइकल, स्कुटरदेखि विभिन्न कम्पनीका मोबाइलहरु समेत बरामद गरिएका छन् ।
प्रहरीले उनीहरुको साथबाट बूढानिलकण्ठबाट चोरी भएको बुलेट मोटरसाइकल, ठमेलबाट चोरि भएको स्कुटर, ललितपुरबाट चोरी भएको स्कुटर, कालिमाटीबाट चोरी भएको बुलेट मोटरसाइकल, बानेश्वरबाट चोरी भएको बुलेट मोटरसाइकल र आईफोनदेखि विभिन्न अन्य कम्पनीका एन्ड्रोइड फोन समेत बरामद गरेको छ ।
उनीहरूलाई हिरासतमा राखि थप अनुसन्धान अघि बढाइएको छ ।