Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शटगन बोकेर अमेरिकी राष्ट्रपति ट्रम्प निवासमा छिरेका हतियारधारीको गोली हानी हत्या

शटगन बोकेर अमेरिकी राष्ट्रपति ट्रम्प निवासमा छिरेका हतियारधारीको गोली हानी हत्या

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए । 

सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।

बीबीसीका अनुसार ट्रम्पको घर रहेको स्थान मार–आ–लागोमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ, सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ ।

यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन । मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077