Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाका लागि पूर्वबेलायती राजदूत प्रहरी हिरासतमा

अमेरिकाका लागि पूर्वबेलायती राजदूत प्रहरी हिरासतमा

मंगलवार , फाल्गुण १२, २०८२

एजेन्सी । अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर म्यान्डेलसनलाई बेलायत प्रहरीले पक्राउ गरेको छ ।

विश्वचर्चित एपस्टिन प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा उनलाई सोमबार उत्तरी लन्डनको क्याम्डेन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

लन्डन महानगरीय प्रहरीले ७२ वर्षीय म्यान्डेलसनलाई सोधपुछका लागि प्रहरी कार्यालयमा लगिएको जनाएको छ। घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर अनुसन्धान जारी रहेको बीबीसीले उल्लेख गरेको छ ।

एपस्टिन यौन प्रकरणसँग नाम जोडिएपछि म्यान्डेलसनले हालै राजदूत पदबाट राजीनामा दिएका थिए । 
अमेरिकी नागरिक एपस्टिन सन् २०१९ मा हिरासतमा रहँदै आत्महत्या गरेका थिए ।

उनी यसअघि यौन अपराधमा दोषी ठहर भई जेल सजाय भोगिसकेका थिए र पुनः यस्तै अभियोगमा पक्राउ परेका थिए। एपस्टिन काण्डमा विश्वका उच्च ओहोदाका व्यक्तिहरूको नाम जोडिएको दाबी हुँदै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077