Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

मंगलवार , फाल्गुण १२, २०८२

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ खुम्बासमा जीप दुर्घटना भएको छ

मंगलबार बिहान दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा दुर्घटना भएको हो ।

जीपमा सवार ११ जनामध्ये एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

दुर्घटनामा परेर मृत्यु हुनेमा सोही परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगर रहेकी छन् ।

घाइते भएकाहरुलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077