Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौंबाट चीन जान लागेकी स्वीडिस महिला विदेशी मुद्रासहित पक्राउ

काठमाडौंबाट चीन जान लागेकी स्वीडिस महिला विदेशी मुद्रासहित पक्राउ

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्न लागेकी एक स्वीडिस महिला ठूलो परिमाणको विभिन्न देशको मुद्रासहित पक्राउ परेकी छन्।

प्रहरीका अनुसार सिचुवान एयरलाइन्सको उडानमार्फत चीनको थिएनफु जान लागेकी ५१ वर्षीया कुनचोक खान्द्रोलाई आज बिहान अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट नियन्त्रणमा लिइएको हो।

उनको साथबाट १० हजार पाँच सय अमेरिकी डलर, २६ हजार ७ सय युरो, ७ हजार ४ सय चिनियाँ युआन र ४३ हजार स्वीडिस मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार बरामद रकम सम्बन्धित कानुनी प्रावधानअनुसार अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको सीमा तथा घोषणा प्रक्रियाबारे स्पष्ट कानुनी व्यवस्था रहेकाले उक्त परिमाणको मुद्रा स्रोत र उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077