Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लालबहादुरको उपचारका लागि उठ्यो झन्डै ५ लाख सहयोग, स्वास्थ्य अवस्था सुधारोन्मुख !

लालबहादुरको उपचारका लागि उठ्यो झन्डै ५ लाख सहयोग, स्वास्थ्य अवस्था सुधारोन्मुख !

मंगलवार , फाल्गुण १२, २०८२

अछाम । चौरपाटी गाउँपालिका–१ खान्डाँडा (चुल्लाखान) निवासी लालबहादुर साउँदको उपचार सहयोगार्थ सञ्चालन गरिएको ‘लालबहादुर बचाउ अभियान’ अन्तर्गत झन्डै पाँच लाख रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा बिरामीका बुवालाई ४ लाख ८५ हजार रुपैयाँ आर्थिक सहयोग औपचारिक रूपमा बुझाइएको हो ।

जीबीएसरोगबाट ग्रसित भई भारतको पञ्जावमा एक्कासी बेहोस भएपछि उनको उपचारमा ठूलो आर्थिक समस्या परेको थियो । त्यसपछि स्वदेश र विदेशमा रहेका नेपालीहरू मिलेर सहयोग अभियान सुरु गरेका थिए ।

अभियानमार्फत नेपालभित्र मात्रै ७० हजारभन्दा बढी रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए ।

मंगलबार पञ्जावमा विकास साउँदसहितका युवाहरूले संकलित ३ लाख ३ हजार ४ सय ११ भारतीय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अभियानमा विशेषगरी युवाहरूको सक्रियता उल्लेखनीय देखिएको छ । स्थानीयस्तरबाट सुरु भएको पहलले छोटो समयमै व्यापक सहयोग जुटाएर सामाजिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बिरामीका बुवाले सम्पूर्ण सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै लालबहादुरको स्वास्थ्य अवस्था सुधारन्मुख रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077