Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा

बुधवार , फाल्गुण १३, २०८२

एजेन्सी । आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ ।

श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । इङ्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए ।

इंग्ल्याान्डका लियाम डसनले ३ विकेट लिए । सुपर–एटको समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । उसले २ खेलमा ४ अंक जोडेको छ ।

हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077