Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शर्माको प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

शर्माको प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सांसद पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशसँगै शर्मा हाललाई प्रदेशसभा सदस्य पदमै यथावत् रहने भएका छन्।

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा नेकपा गठनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ आबद्ध भएका थिए। त्यसक्रममा उनको प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय भएको थियो।

सर्वोच्चको अन्तरिम आदेशसँगै उक्त निर्णय हाल कार्यान्वयन नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077