Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगले पठायो पत्र

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगले पठायो पत्र

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले बीबीसीले सार्वजनिक गरेको भिडियो हटाउन प्रेस काउन्सिललाई पत्र पठाएको छ ।

आयोगले बिहीबार चुनावी आचारसंहिताको सन्दर्भ उठाउँदै उक्त भिडियो सामग्रीले निर्वाचन वातावरणमा प्रभाव पार्न सक्ने भन्दै हटाउन आग्रह गरेको हो ।

आयोगका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी भिडियो रिपोर्ट हालको निर्वाचन सन्दर्भमा पुनः चर्चामा ल्याइनु उपयुक्त नभएको ठहर गरिएको हो।

आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सञ्चारमाध्यमले संवेदनशील सामग्री प्रकाशन गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएको छ।

उक्त भिडियोमा आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077