सङ्खवासभा । जिल्लाको मकालु गाउँपालिका–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको छ ।
शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका बेलिब्रिज भाँचिदा प्रदेश –०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ ।
ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते चाकलको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ । चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ ।
अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।