Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

आइतवार , फाल्गुण १७, २०८२

दमक । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। 

भट्टराई आज एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुन निर्वाचन क्षेत्र झापा–५ पुगेका  हुन्। 

ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई आज दमक आएका छन् ।

 भट्टराई पुगे लगत्तै मतदाताहरु सँगको भेटमा सक्रिय रहेका छन्। 

भट्टराई आजै कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि जाँदैछन् । 

ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने तय भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077