Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्यावश्यक नभएसम्म सेवा लिन नआउन यूएईस्थित नेपाली दूतावासको आग्रह

अत्यावश्यक नभएसम्म सेवा लिन नआउन यूएईस्थित नेपाली दूतावासको आग्रह

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासलेले अत्यावश्यक बाहेकका सेवाका लागि तत्काल दूतावास नआउन यूएईस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले फागुन १८ देखि २० गतेसम्म प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामालगायत कन्सुलर सेवाहरू अत्यावश्यक परेमा मात्र लिन अनुरोध गरेको हो।

यस्तै, नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्यदूतावास दुबईबाट उपलब्ध हुने सेवामा पनि यही व्यवस्था लागू हुने जनाइएको छ।

दूतावासले यूएई सरकारका आधिकारिक निकायहरूले जारी गरेको सुरक्षा सल्लाह स्मरण गराउँदै अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र संयमता अपनाउन आग्रह गरेको छ। हालको परिस्थितिलाई मध्यनजर गर्दै केही दिन धैर्य गरेर अवस्था सहज भएपछि मात्र सेवा लिन आउनु उपयुक्त हुने दूतावासको भनाइ छ।

राहदानी नवीकरणका लागि मार्च ०२ देखि मार्च ०४ भित्रको मिति राखी अनलाइन फाराम भरिसकेका सेवाग्राहीहरूलाई भने चिन्ता नगर्न दूतावासले आग्रह गरेको छ।

भरिएको फाराम साथमा लिएर परिस्थिति सामान्य भएपछि जुनसुकै कार्यदिनमा आएर सेवा लिन सकिने व्यवस्था मिलाइने दूतावासले स्पष्ट पारेको छ।

दूतावासको यो आग्रहले यूएईमा कार्यरत हजारौं नेपाली श्रमिक र व्यवसायीलाई सुरक्षा सतर्कता अपनाउन थप सचेत गराएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077