Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो - राहदानीको म्याद जाँच्नुस्, कागजातको डिजिटल कपी सुरक्षित राख्नुस्

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो - राहदानीको म्याद जाँच्नुस्, कागजातको डिजिटल कपी सुरक्षित राख्नुस्

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न आग्रह गरेको छ।

अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै यूएईमा रहेका करिब सात लाख नेपालीलाई राहदानी, नागरिकता र इमिरेट्स आईडीजस्ता महत्त्वपूर्ण कागजातहरूको डिजिटल प्रतिलिपि सुरक्षित राख्न अनुरोध गरेको हो।

दूतावासले राहदानीको बहाल अवधि समयमै जाँच्न र म्याद सकिएको वा सकिन लागेमा तत्काल नवीकरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ।

राहदानी नवीकरणका लागि अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन सकिने बताइएको छ।

त्यस्तै, दूतावास तथा कन्सुलेट कार्यालयमा सेवा लिन आउँदा व्यक्तिगत सुरक्षा र स्थानीय अवस्थालाई ध्यानमा राख्न पनि आग्रह गरिएको छ। स्थानीय प्रशासनले जारी गरेका सूचना तथा सुरक्षा मापदण्डहरू पालना गरेर मात्र दूतावास वा कन्सुलेट कार्यालयमा उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ।

दूतावासले आकस्मिक अवस्थाबाट जोगिन तथा सेवा प्रक्रियालाई सहज बनाउन आवश्यक कागजातहरू व्यवस्थित रूपमा सुरक्षित राख्न सबै नेपालीलाई सचेत गराएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077