Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं–३ मा रवि लामिछानेको भोट, सिनामंगलमा बालेनको मतदान

काठमाडौं–३ मा रवि लामिछानेको भोट, सिनामंगलमा बालेनको मतदान

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा मतदान गर्ने भएका छन्।

निर्वाचनको दिन बिहान ७ बजे उनी काठमाडौं महानगरपालिका–५ स्थित उपत्यका खानेपानी लिमिटेडको महाङ्कालचौर मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि बिहान ७ बजे नै मतदान गर्ने भएका छन्।

उनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गर्ने तय भएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077