Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिन्द महासागरमा तनाव चुलियो: इरानी युद्धपोत ‘आईरिस डिना’ डुब्यो, ८० नाविकको मृत्यु

हिन्द महासागरमा तनाव चुलियो: इरानी युद्धपोत ‘आईरिस डिना’ डुब्यो, ८० नाविकको मृत्यु

बुधवार , फाल्गुण २०, २०८२

एजेन्सी । हिन्द महासागर क्षेत्रमा सैन्य तनाव चुलिएको छ।

भारतबाट फर्किरहेको इरानी युद्धपोत अन्तर्गतको ‘आईरिस डिना’लाई अमेरिकी पनडुब्बीले टार्पेडो प्रहार गरी डुबाइदिएको दाबी सार्वजनिक भएको छ।

श्रीलंकाली सरकारका अनुसार आक्रमणमा कम्तीमा ८० जना इरानी नाविकको मृत्यु भएको छ भने ३२ जना घाइतेलाई श्रीलंकाली नौसेनाले उद्धार गरी अस्पताल भर्ना गरेको छ।

जहाजमा करिब १८० जना सवार रहेको बताइँदै बेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ।

अमेरिकाका रक्षा सचिव पिट हेगसेथले एक वक्तव्यमा भनेका छन्, 'एक अमेरिकी पनडुब्बीले हिन्द महासागरमा इरानी जहाजलाई टार्पेडोले प्रहार गरी डुबाएको हो।'

उक्त युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरन्यासनल फ्लिट रिभ्युमा सहभागी भएर फर्किरहेको थियो। विशाखापट्टनम भारतको आन्ध्र प्रदेशस्थित प्रमुख नौसैनिक बन्दरगाह हो।

श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई दिएको जानकारीअनुसार बुधबार बिहान आपतकालीन सहायता सन्देश प्राप्त भएपछि उद्धार कार्य सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077