Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कटारीमा प्रहरीको गोलीले मतपेटिकामा क्षति, परिवर्तनपछि पुनः मतदान सुरु

कटारीमा प्रहरीको गोलीले मतपेटिकामा क्षति, परिवर्तनपछि पुनः मतदान सुरु

बिहिवार , फाल्गुण २१, २०८२

उदयपुर । कटारी नगरपालिका–३ स्थित एक मतदान केन्द्रमा प्रहरीको असावधानीका कारण पड्किएको गोलीले मतपेटिकामा क्षति पुगेपछि केहीबेर अवरुद्ध भएको मतदान पुनः सुरु गरिएको छ।

बिहान ७ः१३ बजे कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलामा रहेको ‘ख’ मतदान केन्द्रमा प्रहरी जवानले बोकेको सर्टगनबाट अचानक एक राउन्ड गोली (कार्टिज) पड्किएको थियो।

गोली प्रत्यक्षतर्फको मतपेटिकामा लागेर क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ।

घटनापछि तत्काल मतदान रोकिएको थियो। प्रारम्भिक जाँचअनुसार त्यतिबेलासम्म चार मत मात्रै खसेका थिए र मतपत्रमा कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ।

क्षतिग्रस्त मतपेटिका हटाई नयाँ मतपेटिका राखिएपछि पुनः मतदान प्रक्रिया सुचारु गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077