Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संस्थापक बिरेन्द्रबहादुर बस्नेतले छाडे गतिशील, स्वतन्त्र नागरिकको हैसियतमा रहने घोषणा

संस्थापक बिरेन्द्रबहादुर बस्नेतले छाडे गतिशील, स्वतन्त्र नागरिकको हैसियतमा रहने घोषणा

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं। गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक बिरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन्।

बुद्ध एयरका सञ्चालक समेत रहेका बस्नेतले आज बिहान आफ्नो फेसबुक पेज मार्फत हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

'गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन म शुभकामना व्यक्त गर्दछु । साथसाथै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरुलाई पनि मेरो हार्दिक शुभकामना । अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु । यस यात्रामा सदाझैं साथ, सहयोग र विश्वास पाउने आशासहित सबै आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु,' उनले फेसबुकमा लेखेका छन्।

जेनजी आन्दोलनमा देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतपछि नयाँ राजनीतिक अभियानमा सहभागी भएको उल्लेख गर्दै बस्नेतले अब आफू स्वतन्त्र नागरिकको हैसियतमा रहन घोषणा गरेका छन् ।

बस्नेतको अगुवाईमा गतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको थियो । उक्त पार्टीले देशका केही क्षेत्रबाट मात्रै उम्मेदवारी दिएको छ ।

बस्नेतले  गतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्दाखेरी नै २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सामेल नहुने घोषणा गरेको थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077