Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बुद्ध एयरका सञ्चालक बस्नेतको पार्टी आयोगमा दर्ता, २० प्रतिशत भन्दा कम मत पाए सरकारमा नजाने

बुद्ध एयरका सञ्चालक बस्नेतको पार्टी आयोगमा दर्ता, २० प्रतिशत भन्दा कम मत पाए सरकारमा नजाने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । बिहिबार दर्ता भएको बुद्ध एयरका सञ्चालक बिरेन्द्रबहादुर बस्नेतको नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सामेल नहुने घोषणा गरेको छ ।

यद्यपी उक्त पार्टीमा बस्नेत सदस्य मात्रै बनेका छन् भने बिहीबार आयोगमा दर्ता गरिएको उक्त दलको अध्यक्ष समाजशास्त्री दिनेश प्रसाईं छन् । महासचिवमा पियुषप्रसाद कायस्थ छन् ।

पार्टीको विधानअनुसार पदाधिकारीहरूले प्रत्यक्ष चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ । त्यसैले बस्नेत नेतृत्वमा नभए पनि सदस्यका रूपमा आगामी चुनावमा उम्मेदवारी दिन सक्नेछन् ।

पार्टीले नयाँ पुस्ता र भावी पुस्ताको लागि समावेशी र समतामूलक राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । पार्टीको तयारीअनुसार संरचनामा एक अध्यक्ष र पाँच जना महासचिव रहनेछन् । बाँकी सदस्यहरू विभिन्न पेशागत समूहबाट चयन गरिने छन् ।

बस्नेतले करिब पाँच–छ महिनादेखि नयाँ दल गठनबारे गृहकार्य गर्दै आएका थिए । २१ फागुनमा आगामी निर्वाचन घोषणा भएपछि उनको राजनीतिक पहलले तीव्रता पाएको हो ।

साथै पार्टीले मन्त्री प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने अवधारणा अघि सारेको छ ।

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने यसको अवरधाणा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077