Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित, एमालेका भानुभक्त ढकाल पराजित

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित, एमालेका भानुभक्त ढकाल पराजित

शनिवार , फाल्गुण २३, २०८२

तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत पाएका छन्।

सुब्बाले ढकाललाई ८७९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेन्द्र कार्की तेस्रो स्थानमा रहे। उनले ७ हजार ७३७ मत प्राप्त गरे।

यस्तै, श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २ सय मत पाए भने नेकपाका रनध्वज लिम्बूले ९१९ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077