Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हार स्विकार्दै शङ्कर पोखरेलले भने- परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन

हार स्विकार्दै शङ्कर पोखरेलले भने- परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र साह ‘बालेन’ लाई बधाई दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले रास्वपा उम्मेदवार साहलाई बधाई दिँदै ‘परिवर्तनको लहर’का कारण आफ्नो प्रयास सफल हुन नसकेको बताए । 

‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन,' उनले लेखेका छन् ।

पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गरेको र शुभेच्छुक तथा आफन्तजनबाट पनि राम्रो सहयोग पाएको बताए । तर निर्वाचन नतिजा आफूअनुकूल नआएको  उनको भनाइ छ । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077