Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकमा पनि रास्वपाको आँधी : १० लाख मत पार, कांग्रेस–एमाले धेरै पछाडि

समानुपातिकमा पनि रास्वपाको आँधी : १० लाख मत पार, कांग्रेस–एमाले धेरै पछाडि

आइतवार , फाल्गुण २४, २०८२

 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक अग्रता कायम गर्दै १० लाख मत पार गरेको छ ।

हालसम्म १९ लाख ४५ हजार १५५ मत गणना हुँदा रवि लामिछाने नेतृत्वको रास्वपाले १० लाख ९ हजार ८२९ मत प्राप्त गरेको छ। यो कुल गणना भएको मतको ५० प्रतिशतभन्दा बढी हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले ३ लाख ३० हजार ५३२ मत अर्थात् १६.९९ प्रतिशत मत प्राप्त गरेको छ। कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको दल रास्वपाभन्दा धेरै पछाडि देखिएको छ।

त्यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेले २ लाख ६३ हजार ४०८ मत पाएको छ, जुन कुल मतको १३.५४ प्रतिशत हो। एमालेका अध्यक्ष केपी शर्मा ओली हुन्।

यता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी ले १ लाख ९४ हजार ६९८ मत प्राप्त गर्दै ५.९२ प्रतिशत मतसहित थ्रेसहोल्ड कटाएको छ।

त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७१ हजार ९३७ मत अर्थात् ३.७१ प्रतिशत मत प्राप्त गरेको छ र उसले पनि थ्रेसहोल्ड कटाएको छ।

यसैबीच श्रम संस्कृति पार्टी ले ४२ हजार १८८ मत (२.१७ प्रतिशत) प्राप्त गरे पनि आवश्यक थ्रेसहोल्ड पार गर्न सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077