Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन दूतावासको आग्रह

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन दूतावासको आग्रह

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो संवेदनशील परिस्थितिका बीच साउदी अरेबियास्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।

दूतावासले बुधबार जारी गरेको अनुरोधपत्रमा आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन र सूचनालाई मात्र विश्वास गर्न र त्यसअनुसार सजग रहन नेपाली समुदायलाई आग्रह गरिएको छ।

दूतावासले आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर वा पोस्ट नगर्न पनि स्पष्ट अनुरोध गरेको छ। सुरक्षाको दृष्टिले संवेदनशील मानिने स्थान वा वस्तुको फोटो नखिच्न र भिडियो नबनाउन पनि दूतावासले सचेत गराएको छ।

साथै, साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र अपुष्ट हल्ला तथा अफवाहको पछि नलाग्न दूतावासले आग्रह गरेको छ।

कुनै समस्या वा आपत्कालीन अवस्थाको सामना गर्नुपरेमा साउदी अरेबियास्थित नेपाली दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077