Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेल्सीविरूद्ध पिएसजीको फराकिलो जित

चेल्सीविरूद्ध पिएसजीको फराकिलो जित

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चेल्सीलाई हराएको छ ।

अन्तिम १६ को पहिलो लेग अन्तर्गत बिहीबार बिहान पार्क देस प्रिन्सेसमा भएको खेलमा पिएसजीले चेल्सीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ब्राड्ली बारकोला, उस्मान डेम्बेले र भिटिन्हाले एक एक गोल गरे भने ख्विचा क्वारात्स्खेलिया दुई गोल गरे ।

चेल्सीका लागि मालो गुस्टो र एन्जो फर्नान्डेजले गोल गरे । यस जितसँगै पिएसजीले दुई लेगको समग्र प्रतिस्पर्धामा महत्वपूर्ण अग्रता बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077