Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य इन्धन ट्यांकर विमान इराकमा दुर्घटना

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य इन्धन ट्यांकर विमान इराकमा दुर्घटना

शुक्रवार , फाल्गुण २९, २०८२

एजेन्सी । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान पश्चिमी इराकमा दुर्घटना भएको छ ।

इरानविरूद्ध अमेरिका(इजरायलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो ।

अमेरिको सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड) ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र एउटा विमान दुर्घटना भएको जानकारी दिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

अर्को विमान भने सुरक्षित अवतरण गर्न सफल भएको पनि सेन्ट्रल कमान्डले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077