एजेन्सी। इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको छ ।
ओमानको सोहर प्रान्तमा ड्रोन खस्दा दुईजना विदेशी कामदारको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार उक्त ड्रोन अल-अवाही औद्योगिक क्षेत्रमा खसेको थियो, जसका कारण दुई जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन् ।
सोहि क्षेत्रमा अर्को एउटा ड्रोन पनि खसालिएको उक्त समाचार एजेन्सीले जनाएको छ।
यस घटनाका सम्बन्धमा ओमानको लागि नेपाली राजदूत डोरनाथ अर्यालले त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन् ।
'दुई विदेशी कामदारको मृत्यु भएको भन्ने समाचार आएको छ । हामीले बुझ्दा घटना भएको क्षेत्रमा सबै नेपाली सुरक्षित रहेको जानकारी आएको छ,' राजदूत अर्यालले भने ।