Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

आन्दोलनका क्रममा उपचार गरिएका अस्पतालहरूबाट संकलित नामावलीका आधारमा मन्त्रालयले विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार देशभरका ९९ वटा अस्पतालमा गरी दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूको सम्पूर्ण विवरण गृह मन्त्रालयलाई पठाइसकिएको जानकारी दिए।

उनका अनुसार गत असोज ३१ गते दुई हजार ५२२ जना, माघ ४ गते थप ७७ जना र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको हो।

घाइतेमध्ये सबैभन्दा धेरै ४५८ जनाको उपचार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा गरिएको छ।

त्यस्तै, नेपाल पुलिस अस्पतालमा २०३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १९० जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १०८ जना घाइतेको उपचार गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077