Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो समान

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो समान

सोमवार , चैत्र २, २०८२

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेबाट एकै परिवारका तीन जना बेपत्ता भएका छन। 

बेपत्ता हुनेमा एक महिलासहित दुई बालबालिका रहेका छन्। 

गुर्भाकोट नगरपालिका-१२ की ३१ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ६ वर्षका छोरा भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गुर्भाकोट-१२ खैरेनी टापुस्थित भेरी नदीको किनारमा मायाको सल, छोरा छोरीका चप्पल, कपडा, ब्याग र पैसा समेत फेला परेको छ ।

तर हिजो दिउँसोदेखि खोजी कार्य जारी रहे पनि फेला पार्न सकिएको छैन। 

एक स्थानियका अनुसार घटनाभन्दा तीन दिन पहिले मायाको ३३ वर्षीय भूपेन्द्र कठायत श्रीमानसंग झगडा परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077