Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१ करोडबढी हुण्डी रकमसहित नागार्जुनबाट दुई जना पक्राउ

१ करोडबढी हुण्डी रकमसहित नागार्जुनबाट दुई जना पक्राउ

सोमवार , चैत्र २, २०८२

काठमाडौं। नेपाल प्रहरीले नागार्जुन क्षेत्रबाट अवैध हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताललाई नगदसहित नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट करिब १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक-फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन वटा चेक तथा चार वटा बैंकका एटीएम कार्ड समेत फेला पारेको जनाएको छ।

यसका साथै एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एउटा दुईपाङ्ग्रे सवारी, एक थान सवारी दर्ता किताब र विभिन्न कम्पनीका छ वटा मोबाइल फोन पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

बरामद सामग्रीमा ३१ वटा एनसेल र नेपाल टेलिकमका सिमकार्ड, एक कम्प्युटर तथा बाइनान्स खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत रहेको भट्टराईले बताएका छन् ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077