Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

श्रीराम ग्यास उद्योगको गोदाममा छापा, भेटिए ६ हजार 'सिलिन्डर' !

श्रीराम ग्यास उद्योगको गोदाममा छापा, भेटिए ६ हजार 'सिलिन्डर' !

सोमवार , चैत्र २, २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरेर राखिएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला पारेपछि श्रीराम ग्यास उद्योगलाई जरिवाना गरेको छ।

विभागको अनुगमन टोलीले ललितपुरको हरिसिद्धिस्थित गोदाममा जाँच गर्दा श्रीराम ग्यास उद्योगले ६ हजार ३७७ वटा ग्यास सिलिन्डर भण्डारण गरेर राखेको अवस्थामा फेला पारेको हो ।

ती सिलिन्डरमा १४.२ किलो तौलको एलपी ग्यास भरिएको अवस्थामा राखिएको विभागले जनाएको छ।

विभागका अनुसार बजारमा ग्यासको माग उच्च रहेका बेला आपूर्ति प्रभावित हुने गरी सिलिन्डर लुकाएर राखिएको पाइएपछि उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।

साथै गोदाममा रहेका सिलिन्डरहरू नेपाल आयल निगमको समन्वय र रोहबरमा तत्काल बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077