Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध अख्तियारलगायतका निकायमा उजुरी

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध अख्तियारलगायतका निकायमा उजुरी

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । वीर अस्पताल भित्र भ्रष्टाचार र वेथिति बढ्दै गएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला लेखाअधिकृत वीरसिंह राईविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।

वीर अस्पतालको लेखा शाखामा कार्यरत राई सरुवा भएर आउनासाथ विवादमा परेका हुन् ।

उजुरीमा उनीमाथि अस्पतालमार्फत् गर्नुपर्ने विभिन्न व्यवसायीलाई भुक्तानीको निश्चित प्रतिशत नगद उठाएको दावी गरिएको छ । 

साथै उनले अस्पतालका विभिन्न टेण्डरहरुमा आफू निकटका व्यक्ति तथा फर्महरुलाई मात्र सहज हुने गरी काम गर्ने, करार कर्मचारीहरुको म्याद थप्नका लागि आर्थिक लाभ लिने गरेको समेत आरोप छ ।

उनीविरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालयलगायतका निकायमा उजुरी परेको हो । 

उजुरीको विषयमा प्रतिकृयाका लागि राईसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077