एजेन्सी । इरानले आफ्नो मुलुकको धार्मिक स्थलमा आक्रमण गरेको भन्दै नेपालस्थित इजरायली दूतावासले उक्त हमलाको निन्दा गरेको छ ।
रमादान चलिरहँदा जेरूसेलमको पुरातात्त्विक र सांस्कृतिक इलाका 'द टेम्पल माउन्ट' मा हमला गरेको भन्दै निन्दा गरेको हो ।
रमादानको महिनामा मस्जिद लक्षित हमलाले धर्मप्रति समेत इरान इमानदार नरहेको संकेत गर्ने इजरायलको आरोप छ ।
जेरूसेलममा भएको हमला धार्मिक स्वतन्त्रता, मानवता र सहअस्तित्व विपरीत रहेको इजरायली जिकिर छ ।