काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने निर्णय गरेको छ ।
काठमाडौंमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब स्वतन्त्र, स्वायत्त र विद्यार्थीहितमा केन्द्रित संस्थाका रूपमा अघि बढाउने नीति पारित गरेको हो ।
सिनेट बैठकको निर्णयअनुसार नेविसंघले नेपाली कांग्रेस को सिद्धान्त र नीतिप्रति आस्था कायम राखे पनि पार्टीको प्रत्यक्ष प्रभाव, संरचना र नियन्त्रणबाट बाहिर रहने स्पष्ट संकेत दिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको विधान अनुसार सिनेट बैठक महत्वपूर्ण नीतिगत र वैधानिक निर्णय गर्ने थलो हो ।
सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए ।