Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एम्बुलेन्समै चिनियाँ चुरोट तस्करी : ४ जना पक्राउ, करिब ७१ लाख बराबरको सामान बरामद

एम्बुलेन्समै चिनियाँ चुरोट तस्करी : ४ जना पक्राउ, करिब ७१ लाख बराबरको सामान बरामद

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । एम्बुलेन्सलाई नै तस्करीको माध्यम बनाउँदै चिनियाँ चुरोट ओसारपसार गरिएको प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका–३ का ४३ वर्षीय एम्बुलेन्स चालक दावा नुर्पु तामाङ, सोही गाउँपालिका–५ का २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।

प्रहरीका अनुसार पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा नियमित चेकजाँचका क्रममा बा.प्र. ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध चुरोट फेला परेको हो।

प्रहरी चौकी बेत्रावतीबाट खटिएको टोलीले एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको ३ हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरेको जनाएको छ।

बरामद चुरोटको बजार मूल्य करिब ७० लाख ९२ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077