Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी प्रभाग नागढुङ्गाका इन्स्पेक्टर थापा 'पुलिस अफ द मन्थ' घोषित

प्रहरी प्रभाग नागढुङ्गाका इन्स्पेक्टर थापा 'पुलिस अफ द मन्थ' घोषित

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक अजय जङ्ग थापा २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

नेपाल प्रहरीको जिम्मेवारीलाई लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले प्रशंसा पत्र प्रदान गरे । 

प्रहरी निरीक्षक थापाले नागढुङ्गा क्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउँदै सर्वसाधारण नागरिकमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय भूमिका खेलेका छन् ।

साथै, 'आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएका छौँ,' प्रशंसापत्रमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077