Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नाडाद्वारा २९ सदस्यीय नयाँ कार्य समिति गठन

नाडाद्वारा २९ सदस्यीय नयाँ कार्य समिति गठन

आइतवार , चैत्र ८, २०८२

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ।

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।

नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष उप्रेतीसँगै निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्।

यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सह–कोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।

संस्थागत सदस्यतर्फबाट प्रदेश सदस्यहरूमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।

साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।

त्यसैगरी अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077