Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकालाई इरानको चेतावनी - ऊर्जा केन्द्रलाई निशाना बनाए  ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्छौं

अमेरिकालाई इरानको चेतावनी - ऊर्जा केन्द्रलाई निशाना बनाए  ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्छौं

सोमवार , चैत्र ९, २०८२

एजेन्सी । मध्यपूर्वमा तनाव झन् चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानले विश्वकै रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।

इरानको सेनाको अपरेशनल कमान्ड खातम अल–अन्बियाले आइतबार जारी गरेको विज्ञप्तिमा स्पष्ट भनिएको छ—यदि अमेरिकाले इरानका ऊर्जा तथा पावर प्लान्टहरूलाई निशाना बनायो भने हर्मुज नाका तत्काल बन्द गरिनेछ।

यसअघि ट्रम्पले फेब्रुअरी २८ देखि लागू हुने गरी इरानलाई ४८ घण्टाभित्र हर्मुज पुनः खोल्न अल्टिमेटम दिएका थिए। त्यसपछि विवाद झन् चर्किएको हो।

तनाव युद्धमा परिणत भइसकेको छ। इरानले यस क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली स्वार्थहरूलाई लक्षित गर्दै ड्रोन र मिसाइल आक्रमण सुरु गरिसकेको जनाएको छ।

इरानी सेनाले चेतावनी दिएको छ,'हाम्रा विद्युत उत्पादन प्लान्टहरू नष्ट भएमा, ती पुनर्निर्माण नभएसम्म स्ट्रेट अफ हर्मुज खुल्ने छैन।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077