Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३ लाख घुस प्रकरणमा वडाअध्यक्ष दोषी ठहर

३ लाख घुस प्रकरणमा वडाअध्यक्ष दोषी ठहर

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जनार्दन यादव घुस प्रकरणमा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण प्रक्रियामा अगाडि बढाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले यादवलाई गत असार २३ गते तीन लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो। उनीसँगै व्यापारी विपिन कुमार पाण्डेयलाई पनि नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा वडा अन्तर्गत सञ्चालन भएका विभिन्न योजनाहरूको भुक्तानी सिफारिस गरिदिने नाममा यादवले पाण्डेयमार्फत घुस रकम लिएको खुलेको थियो। पाण्डेय सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक हुन्।

अख्तियारले प्रमाणसहित मुद्दा दायर गरेपछि विशेष अदालतले यादवलाई भ्रष्टाचारी ठहर गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077