Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सात हजार रुपैयाँ घुस प्रकरणमा पौडेल दोषी, एक महिना कैद र जरिवाना

सात हजार रुपैयाँ घुस प्रकरणमा पौडेल दोषी, एक महिना कैद र जरिवाना

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सात हजार रुपैयाँ घुस लिएको मुद्दामा आरोपी दीपक पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै एक महिना कैद र सात हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलामा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर गरेको ठहर गरेको हो ।

अदालतको फैसलामा पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा दिएको बयान, उजुरी विवरण, उजुरकर्ताको बयान, बरामद रकम तथा फोन संवादका प्रमाणहरूले उनको संलग्नता पुष्टि गरेको उल्लेख छ।

फैसलाअनुसार पौडेलले सात हजार रुपैयाँ घुस लिएर गैरकानुनी लाभ लिन खोजेको प्रमाणित भएकाले उनलाई एक महिना कैद र सोही बराबर जरिवाना तिर्न आदेश गरिएको हो ।

त्यस्तै, अदालतले अपराधबाट पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले पौडेलबाट ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम २८० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश समेत दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077