Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालत काठमाडौंले प्रहरीमा दियो उजुरी

विशेष अदालत काठमाडौंले प्रहरीमा दियो उजुरी

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । विशेष अदालत काठमाडौंले आफ्नो कार्यालय तोडफोड तथा आगजनी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

भदौ २४ गतेको जेनजी प्रदर्शनमा आगजनी गर्नेहरूविरुद्ध भिडियो प्रमाणसहित उजुरी दिएको हो ।

बुधबार  जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको अदातलका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

आगजनीबाट अदालतमा करिब ६ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । अदालत आगजनी गर्नेविरुद्ध यसअघि सर्वोच्च र जिल्ला अदालतले समेत प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले पछिल्लो समय जेनजी प्रदर्शनका नाममा हिंसात्मक गतिविधि गरेर आगजनी गर्नेहरूलाई फोटो तथा भिडियोका आधारमा पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077