Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालको निर्देशन- नागरिकलाई डर होइन भर दिने सिद्धान्तअनुसार काम गर्नुस्

सशस्त्रका आईजीपी अर्यालको निर्देशन- नागरिकलाई डर होइन भर दिने सिद्धान्तअनुसार काम गर्नुस्

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं। सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका सुरक्षाकर्मीलाई नागरिकले डर नभई भर महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा मंगलबार नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा बोल्दै आईजीपी अर्यालले यस्तो निर्देशन दिएका  हुन् ।

'सुरक्षाकर्मी देख्दा नागरिकमा डर भन्दा पनि भरको महसुस हुनुपर्छ । हामीले यो सिद्धान्तअनुसार काम गर्नुपर्छ.' आईजीपी अर्यालले भने ।

उनले परिणामुखी ढंगले जिम्मेवार भएर काम गर्न पनि सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका सुरक्षा हिसाबले निकै चुनौतीपूर्ण रहेको र पशुपतिनाथ बाहिनी मुख्यालले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अर्यालले बधाई समेत दिए ।

'हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन, भीआईपी, भीभीआईपीको सुरक्षा, महत्त्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षा, बन्द, हड्डतालमा आम नागरिकको सुरक्षामा यस बाहिनीले महत्त्वपूर्ण योगदान गर्दै आएको छ,' आईजीपी अर्यालले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077