Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रको आईजीपी नियुक्तिमा बिलम्बः चलखेल बढ्दै

सशस्त्रको आईजीपी नियुक्तिमा बिलम्बः चलखेल बढ्दै

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । विगतमा जस्तै यसपटक पनि सशस्त्र प्रहरी बलमा अन्तिम समयमा मात्र आईजीपी  नियुक्तिको खराब परम्परा यसपटक पनि कायमै हुने देखिएको छ।

नेतृत्व परिवर्तनका लागि दुई हप्ताभन्दा कम समय बाँकी रहँदा पनि सरकारले निर्णय गर्न सकेको छैन । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चार वर्षे पदावधि पुरा गरी आगामी १७ बैशाखदेखि अवकाश पाउँदैछन्। त्यसपछि उनकै ब्याचका नारायणदत्त पौडेल र बंशी दाहाल आईजीपीका दाबेदार छन् । अर्का एआइजी गणेश ठाडा मगरको पनि सम्भावना कायमै छ। 

वरियताका आधारमा पौडेल दाहालभन्दा ६ महिना पहिला एआइजी भएका हुन् । तर, उनलाई जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।

आन्दोलनको समय पौडेल सशस्त्र प्रहरीको कार्य विभागमा कार्यरत थिए। सोही आधारमा आयोगले उनलाई जिम्मेवार ठहराइएको हो।

यद्यपी सुरक्षाकर्मीको हकमा भने अर्को  समितिको प्रतिवेदनपछि मात्र कार्यान्वायन गर्ने निर्णय सरकारले गरेपछि पौडेललाई केही राहत भएको छ।

सुरक्षाकर्मीको हकमा थप छानबिन गर्न सरकारले पूर्वन्यायाधीश प्रेमराज कार्कीको अध्यक्षतामा अर्को  समिति बनाइसकेको छ। 

सो प्रकरणमा पौडेललाई पछि पार्न सके आफु आईजीपी हुने दाउ बंशीको छ। उनी पनि विवादास्पद पृष्ठभुमीका अधिकृत हुन् ।

तीन वर्षअघि आरजु देउवामार्फत उनले आफ्नो लागि दरबन्दी नै थपेर एआइजीमा बढुवा भएका थिए। बलम्बुको गणपति हुँदा उनीमाथि महिलाकाण्ड पनि लागेको थियो।

पृष्ठभुमीका आधारमा उनी पनि सरकारको नकरात्मक सूचीमा छन्।  तेस्रो नम्बरमा हरेका ठाडा ६ महिनाअघि मात्र एआइजी भएका हुन्।  यद्यपी उनी पनि दौडधुपमा लागिरहेका छन्। 

गृह मन्त्रालयले डिआइजी बढुवामा जेष्ठता भन्दा कार्यसम्पादन मूल्याङकन गर्ने बताएको छ। जसअनुसार बढुवाका आकांक्षीहरूसँग उनीहरुले गरेका कामको विवरण माग गरिएको छ। 

आईजीपी नियुक्तिमा पनि आफुले गरेका काम र भावी योजनाबारे प्रस्तुतीकरण गर्न लगाएर छान्ने सम्भावना समेत रहेको बताइन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077