Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री भन्छन् – सशस्त्रको आईजीपी नियुक्तिमा कसैको चलखेलले केही हुनेवाला छैन

गृहमन्त्री भन्छन् – सशस्त्रको आईजीपी नियुक्तिमा कसैको चलखेलले केही हुनेवाला छैन

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको गृहकार्य अघि बढेको छ।

बढुवाका दाबेदारहरू दौडधुपमा लागेपनि सरकारले भने निष्पक्ष मूल्याङकन हुने जनाएको छ। 

गृहमन्त्री सुधन गुरुङ कसैको चलखेल केही नहुने बताउँछन् । अनलाइन नेपालको यससम्बन्धि समाचारमा फेसबुकमा टिप्पणी गर्दै उनले भनेका छन्,‘कसैको चलखेलले केही हुनेवाला छैन ।’ 

उनले जोसुकै चलखेलमा लागेपनि निष्पक्ष र विवादरहित रुपमा सरकारले सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयन गर्ने संकेत गरेका छन्। 

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले १७ बैशाखदेखि अनिवार्य अवकाश पाउँदैछन्। उनको अवकाशपछि नयाँ आईजीपी चयनका लागि उनकै ब्याचका एआइजीद्वय  नारायणदत्त पौडेल र बंशी दाहालबीच मुख्य प्रतिस्पर्धा छ।

उनीहरूमध्ये पौडेल दाहालभन्दा एआइजीमा ६ महिनाअघि बढुवा भएका हुन्। त्यसकारण पौडेललाई मुख्य दाबेदार मानिएको छ।

यद्यपी उनलाई जेनजी आन्दोलन सम्बन्धि जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकाले समस्या हुनसक्ने जोखिम छ। अर्का एआइजी दाहाल जुनियर पनि भएको र उनको पृष्ठभुमी राम्रो छैन ।

यस्तो अवस्थामा जुनियर रहेका तेस्रो एआइजी गणेश ठाडा मगरको पनि सम्भावना देखिएको चर्चा छ । यद्यपी यसपछि पनि आईजीपी हुने सम्भावना मगरको कायमै रहन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077