Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै बाहिरिएको छ, जसले राजनीतिक र सुरक्षा वृत्तमा तरंग पैदा गरेको छ।

सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि बाहिरिएको विवरणअनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गम्भीर निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।

आयोगले एकातिर उच्च राजनीतिक र सुरक्षा नेतृत्वलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको छ भने अर्कोतर्फ हिंसात्मक परिस्थितिमा महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई सम्मान गर्न पनि सुझाएको छ।

प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटीका मधु थापा, मालिगाउँका सुनील शाह, महाराजगन्जका चिनिमाया तामाङ, जनसेवाका कृष्णकुमार चन्द र ठिमीका नवराज ढुंगानासहित ६ डीएसपीलाई पुरस्कार सिफारिस गरिएको छ।

त्यसैगरी, कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई पनि सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन योगदान गरेको भन्दै सम्मानका लागि सिफारिस गरिएको छ।

यस्तो छ प्रतिवेदन [पूर्णपाठ]

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077