Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानूनमन्त्री गौतमको पहिलो निर्णय: यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने

कानूनमन्त्री गौतमको पहिलो निर्णय: यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेकी छन्।

राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि शुक्रबार नयाँ सरकार गठन भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्रीले आज शपथ लिएका हुन्।

पदभार ग्रहणसँगै मन्त्री गौतमले यौनजन्य हिंसासम्बन्धी गम्भीर प्रकृतिका कसुरमा पीडितलाई शीघ्र न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध अध्ययन कार्यदल गठनगरी सो को सिफारिसको आधारमा आगामी अधिवेशनमा अपराध संहितलगायत कानुनमा संशोधन गर्ने समेत निर्णय गरेकी छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077