Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतपछि जापान, चीन र पाकिस्तानी समकक्षीले बालेनलाई बधाई दिँदै भने- मिलेर काम गर्न इच्छुक छौँ

भारतपछि जापान, चीन र पाकिस्तानी समकक्षीले बालेनलाई बधाई दिँदै भने- मिलेर काम गर्न इच्छुक छौँ

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । जापानकी प्रधानमन्त्री ताकाइची सानाएले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएकी छन्।

जापानकी प्रधानमन्त्री ताकाइची सानाएले बालेनलाई नेपालको प्रधानमन्त्री नियुक्त भएको र कार्यभार सम्हालेकोमा खुसी व्यक्त गरेकी छन्।

साथै उनले नेपाल र जापानबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्री शाहसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छन्।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

यसैबीच चीनले पनि नेपालका नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई तथा शुभकामना दिएको छ ।

चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ । सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

यसअघि नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारत र पाकिस्तानका समकक्षीले पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक संजाल एक्समार्फत बधाई दिँदै पाकिस्तानले नेपालसँगको आफ्नो लामो समय देखिको  मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्त्व दिने उल्लेख गरेका छन्। 

'द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको हाम्रो साझा लक्ष्यहरूलाई अगाडि बढाउन जिकबाट काम गर्न तत्पर छौं,' उनले लेखेका छन्। 

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक संजालमा बधाई दिँदै मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।

'भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,' उनले लेखेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077