काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पूर्वनिर्धारित साइतमै शपथ लिएका छन् ।
आज राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेले बालेनलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बालेनले शुभ साइत अनुसार शुक्रवार (राम नवमीको दिन) मध्याह्न १२ बजेर ३४ मिनेटमा सपथग्रहण गरेका हुन ।
सपथग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक बाचन र १०७ बौद्ध लामा गुरुहरुले मंगलवाचन गरेका थिए ।
यसैगरी समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउन ७ जना ब्राम्हणले शंखनाद गरेका थिए ।
आज बिहान मात्रै राष्ट्रपति रामचन्द्र पौडेले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
बालेनको नेतृत्वका १४ मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
जसमा स्वर्णिम वाग्ले अर्थमन्त्रीमा, सोबिता गौतम कानुन, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री, सुधन गुरुङ गृहमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, गीता चौधरी कृषीमन्त्री, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री रहेका छन् ।
यसैगरी गणेश पौडेल पर्यटनमन्त्री, सीता वादी महिलामन्त्री र निशा मेहता स्वास्थ्यमन्त्रीमा रहेका छन् ।