Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहह ‘बालेन’ नेतृत्वको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा कारबाही सिफारिस भएकामध्ये सुरक्षा निकायको हकमा भने थप अध्ययन समिति गठन गर्ने निर्णय समेत भएको छ । उक्त अध्ययन समितिले दिएको सुझावका आधारमा निर्णय कार्यान्वयन गरिने बताइएको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।

त्यसैगरी सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077