Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिजो फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

हिजो फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेको छ ।

केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।  बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गरेका हुन् ।

सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो ।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्‍मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको थियो । यो प्रावधानले बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था कानूनले खण्डित हुन नहुने राष्ट्रपतिको अडान छ ।

गत वर्ष असार २५ मा प्रमाणीकरणका लागि पठाइएको विधेयक सन्देशसहित फिर्ता पठाइएको स्मरण गराउँदै राष्ट्रपतिले मंसिर २ मा मन्त्रिपरिषद्ले ल्याएकोअध्यादेश जारी नभएको अवस्थामा पुनर्विचारका लागि पठाएको शीतल निवासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तर, सरकारले आज फेरि उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेसँगै यो पनि जारी हुने सम्भावना देखिन्छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077