Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धन क्राइसेस : ‘वर्क फ्रम होम’ र विद्युतीय साधन प्रयोग गर्न सरकारको आह्वान, जोरबिजोर प्रणाली लागू गर्न सक्ने

इन्धन क्राइसेस : ‘वर्क फ्रम होम’ र विद्युतीय साधन प्रयोग गर्न सरकारको आह्वान, जोरबिजोर प्रणाली लागू गर्न सक्ने

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको पनि जानकारी दिइन् ।

त्यसका लागि थोक ब्रिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताइन् ।

सरकारले जनतासँग ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गरेको पनि उनले जानकारी गराइन् । 

मन्त्री रावलले भनिन्–‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ । आवश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077