काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रालीको हेलिकोप्टर सकुशल भेटिएको छ ।
शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल रहेका छन् ।
मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ हेलिकोप्टर दोलखाको लाप्ची चरिकोट एरियाबाट सम्पर्कविहीन भएको थियो ।
क्याप्टेन सुरज थापाले उडाएको हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए ।